काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको बजेट महत्त्वाकाङ्क्षीभन्दा पनि सन्तुलित र यथार्थपरक रहेको बताएका छन्। बजेटको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २८.५ प्रतिशत रहेको उल्लेख गर्दै उनले यसले सार्वजनिक ऋण व्यवस्थापनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
देशको कुल ऋण जीडीपीको झण्डै ४३ प्रतिशत पुगेको अवस्थामा आन्तरिक र बाह्य ऋणबीच सन्तुलन कायम गर्दै वित्तीय अनुशासनलाई प्राथमिकता दिइएको उनले बताए। राजस्व संकलनमा २० प्रतिशत वृद्धि गर्ने लक्ष्य राखिएको भए पनि त्यसलाई चुनौतीपूर्ण तर प्राप्त गर्न सकिने लक्ष्यका रूपमा अर्थमन्त्रीले चित्रण गरे।
वाग्लेले विगतका वर्षहरूमा देखिएको बजेट कार्यान्वयनको कमजोर अवस्थालाई सुधार गर्न यसपटक विशेष ध्यान दिइएको बताए। विकास खर्च बढाउने, पूर्वाधार निर्माणलाई गति दिने तथा आर्थिक गतिविधि विस्तारमार्फत दीर्घकालीन आर्थिक सुधारको आधार तयार गर्ने उद्देश्य बजेटले बोकेको उनको भनाइ छ।