सुनको मूल्य सामान्य घट्यो, चाँदी महँगियो

१ हप्ता अगाडि
सुनको मूल्य सामान्य घट्यो, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला तीन लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

यता चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला पाँच हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा समेत मूल्यमा दैनिक परिवर्तन भइरहेको व्यवसायीहरूको भनाइ छ।