विश्व दूध दिवस मनाइँदै, दुग्ध क्षेत्रले लाखौँ परिवारको जीविकोपार्जन धानेको तथ्य

१ हप्ता अगाडि
विश्व दूध दिवस मनाइँदै, दुग्ध क्षेत्रले लाखौँ परिवारको जीविकोपार्जन धानेको तथ्य

काठमाडौं । विश्व दूध दिवस आज नेपालसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। दूध तथा दुग्धजन्य पदार्थको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष जुन १ तारिखमा यो दिवस मनाइन्छ।

नेपालमा सन् २०११ देखि औपचारिक रूपमा मनाउन थालिएको यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। दुग्ध विकास बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २७ लाख १८ हजार मेट्रिक टनभन्दा बढी दूध उत्पादन भएको छ।

दुग्ध क्षेत्रले देशभर करिब तीन लाख ८० हजार परिवारलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ। ग्रामीण अर्थतन्त्रमा यस क्षेत्रको महत्वपूर्ण योगदान रहेको बोर्डले जनाएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार दूध प्रोटिन, क्याल्सियम तथा विभिन्न आवश्यक पोषक तत्त्वको महत्वपूर्ण स्रोत भएकाले यसलाई सन्तुलित आहारका रूपमा लिने गरिन्छ।