सुर्खेत । सुर्खेत प्रहरीले करिब तीन करोड रुपैयाँ बराबरको सुनचाँदीका गहनासहित व्यापारी श्यामसुन्दर अग्रवाललाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरस्थित एक सुनचाँदी पसलबाट ठूलो परिमाणमा सुन, चाँदी, नेपाली तथा भारतीय मुद्रा बरामद गरिएको हो। बरामद गरिएका सामग्रीको अनुमानित मूल्य करिब तीन करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।