'निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने'

३ महिना अगाडि
'निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने'

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

राजनीतिक दलहरूसँगको छलफलमा उनले निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि सबै दललाई जिम्मेवार भूमिका खेल्न आग्रह गरे । खर्च सीमा पालना गर्न र मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राख्न समेत उनले जोड दिए । माघ ३ गतेबाट निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको तयारी छ । तडकभडक नगरी चुनाव प्रचार प्रसारमा जुट्न आयोगले आग्रह गरेको छ ।