सुन स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

६ दिन अगाडि
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। हिजो ५ हजार ४ सय ५ रुपैयाँ रहेको चाँदी आज ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ६ सय ४ रुपैयाँ कायम गरिएको छ।