काठमाडौं । नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले स्पष्टिकरण सोध्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को सो निर्णय गरेको हो ।
यसअघि ढुंगानालाई सरकारले निलब्न गरेको थियो । सरकारले ढुंगानामाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो ।
ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको भन्दै विवादमा परेका थिए ।