काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोलीले अन्तर्राष्ट्रिय फुटसलमा सात वर्षपछि जित हात पारेको छ । थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले शुक्रबार श्रीलंकालाई २–१ ले हरायो ।
यो नेपालको सात वर्ष एक महिनापछिको जित हो । नेपालले अन्तिमपटक सन् २०१८ डिसेम्बर १४ मा पाकिस्तानलाई २–१ ले हराएको थियो । त्यसयता भएका सबै अन्तर्राष्ट्रिय खेलमा नेपाल जितविहीन रहँदै आएको थियो ।