दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई पाँच वर्ष जेल सजाय

३ महिना अगाडि
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई पाँच वर्ष जेल सजाय

सियोल । दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई ‘मार्शल ल’ लागू गर्ने निर्णयसँग सम्बन्धित अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ ।

समाचार संस्था एपीका अनुसार सन् २०२४ को अन्त्यतिर जारी आदेशसँग सम्बन्धित आठ आपराधिक मुद्दामध्ये यो उनीविरुद्धको पहिलो अदालत फैसला हो । अभियोजन पक्षले उनको कदमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पारेको दाबी गरेको छ ।

युनमाथि लागेका गम्भीर अभियोगमध्ये मार्शल ल कार्यान्वयनका क्रममा विद्रोहको नेतृत्व गरेको आरोप पनि छ, जसमा कानुनअनुसार मृत्युदण्डसम्मको सजाय हुनसक्ने प्रावधान रहेको छ ।