एमालेले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो

३ महिना अगाडि
एमालेले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन शनिबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भइसकेको जनाइएको छ ।

उता, एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र बचाउन देशलाई आगो लगाउने शक्तिलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशभक्त र लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अघि बढ्ने र लोकतन्त्र विरोधी तत्वसँग कडा प्रतिस्पर्धा गर्ने स्पष्ट पारे ।

कांग्रेस विवादका विषयमा ओलीले सडकबाट परिवर्तन नहुने प्रतिक्रिया दिएका थिए । उनले आफूलाई पनि देउवालाई जस्तै हटाउन देशीविदेशी शक्ति लागेको बताए ।