रास्वपाको बागमतीमा जिल्ला अधिवेशन सम्पन्न, नौ जिल्लाले पाए नयाँ नेतृत्व

एक दिन अगाडि
रास्वपाको बागमतीमा जिल्ला अधिवेशन सम्पन्न, नौ जिल्लाले पाए नयाँ नेतृत्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशअन्तर्गत १३ जिल्लामध्ये नौ जिल्लाको अधिवेशन सम्पन्न भएको छ।

सम्पन्न अधिवेशनबाट काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, नुवाकोट, धादिङ र मकवानपुरमा नयाँ जिल्ला नेतृत्व चयन गरिएको छ। सबै जिल्लामा सभापति पदमा पुरुष उम्मेदवार निर्वाचित भएका छन्।

पार्टीका अनुसार चितवन, रसुवा र ललितपुर जिल्लाको अधिवेशन आज हुँदैछ। सिन्धुपाल्चोकमा भने अधिवेशन स्थगित गरिएको छ।

पार्टीले औपचारिक रूपमा कारण नखुलाए पनि नेतृत्व चयनमा सहमति जुटाउन थप समय आवश्यक परेकाले अधिवेशन रोकिएको जनाइएको छ। सभापति पदका लागि पाँच जनाको दाबी परेपछि सहमतिको प्रयास जारी रहेको बताइएको छ।