काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर जारी जिल्ला अधिवेशनमार्फत हालसम्म ४० जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ।
पार्टीका अनुसार कोसी प्रदेशका १०, बागमतीका १०, गण्डकीका ७, लुम्बिनीका ६, कर्णालीका ४ र सुदूरपश्चिमका ३ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।
अधिवेशनबाट विभिन्न जिल्लामा नयाँ सभापति चयन भएका छन्। पार्टीले संगठन विस्तार र महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर देशव्यापी अधिवेशन सञ्चालन गरिरहेको जनाएको छ।
रास्वपाले आगामी प्रदेश अधिवेशन र राष्ट्रिय महाधिवेशनको तयारीसमेत तीव्र बनाएको छ।