तीन लाखमुनि झर्‍यो सुन, चाँदीमा सामान्य वृद्धि

एक दिन अगाडि
तीन लाखमुनि झर्‍यो सुन, चाँदीमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तीन लाख रुपैयाँको मनोवैज्ञानिक सीमाभन्दा तल झरेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य ९०० रुपैयाँले घटेको हो।

आइतबार सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

यता चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँ कायम भएको छ।