काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १० हजार १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा प्रत्यक्ष देखिएको व्यवसायीहरूको भनाइ छ।