सफलतापूर्वक सम्पन्न भयो वसन्तकालीन हिमाल आरोहण

एक दिन अगाडि
सफलतापूर्वक सम्पन्न भयो वसन्तकालीन हिमाल आरोहण

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा नेपालका विभिन्न हिमालहरूको आरोहण सम्पन्न भएको छ। पर्यटन विभागका अनुसार ३१ वटा हिमालका लागि १ हजार १ सय ९५ जनाले आरोहण अनुमति लिएका थिए।

सगरमाथाका लागि मात्र ४ सय ९५ जनाले अनुमति पाएका थिए। कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमानलाई थप मजबुत बनाएका छन् भने लाक्पा शेर्पाले महिलातर्फ ११ औँ सफल आरोहण गर्दै आफ्नो कीर्तिमान कायम राखेकी छन्।