नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ सुरु, रायमाझी–खाँणसहितका प्रतिवादी अदालतमा

एक दिन अगाडि
नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ सुरु, रायमाझी–खाँणसहितका प्रतिवादी अदालतमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा अन्तिम सुनुवाइ सुरु भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्का को इजलासमा बुधबारदेखि सुनुवाइ सुरु भएको अदालतले जनाएको छ । प्रारम्भिक बहसपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।

यो प्रकरणमा पहिलो चरणमा २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण सहित ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

त्यसपछि २०८१ वैशाख ९ र साउन २९ गते बेचन झा विरुद्ध थप मुद्दा दर्ता गरिएको थियो ।

रायमाझी, खाँण र बेचन झासहित अधिकांश प्रतिवादी हाल थुनामै छन् । उनीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ ।

मुद्दाका अन्य प्रतिवादीमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, शमशेर मियाँ, इन्द्रजित राई, नरेन्द्र केसी, सन्दीप रायमाझी लगायत रहेका छन् ।

बहुचर्चित यस प्रकरणको अन्तिम फैसला अब अदालतको सुनुवाइ प्रक्रियापछि आउनेछ ।