काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य उल्लेखनीय रूपमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले घट्दै ४ हजार ६५० रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आएको गिरावटले उपभोक्ता र व्यवसायी दुवैको ध्यान तानेको छ ।