काठमाडौं । अमेरिकासँग बढ्दो तनावबीच इरानले विश्वकै संवेदनशील समुद्री मार्गमध्ये एक स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।
अमेरिकी सैन्य कारबाहीको प्रतिक्रियास्वरूप उक्त निर्णय गरिएको इरानी अधिकारीहरूले बताएका छन् ।
इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जारी गरेको वक्तव्यमा हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूलाई लक्षित गरिने चेतावनीसमेत दिएको छ ।
विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा ठूलो परिमाणमा तरल प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यस निर्णयले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा गम्भीर असर पार्ने अनुमान गरिएको छ ।
विश्लेषकहरूले तेल आपूर्तिमा अवरोध आए विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएका छन्