काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालय सञ्चालनका लागि ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउने तयारी सुरु गरिएको बताएका छन् ।
नवगठित मन्त्रालयलाई स्पष्ट कानुनी आधार प्रदान गर्न पहिलो प्राथमिकताका रूपमा विधेयक निर्माण प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
मन्त्री पुनका अनुसार मन्त्रालयको संरचना, जनशक्ति र कार्यक्षेत्र निर्धारण गर्न संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण पनि गरिनेछ । उक्त सर्वेक्षणले आवश्यक कर्मचारी संख्या, दरबन्दी तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने उपाय पहिचान गर्ने अपेक्षा गरिएको छ ।
उनले अनुसन्धान, नवप्रवर्तन र प्रविधिको विकासलाई संस्थागत रूपमा प्रवर्द्धन गर्न स्पष्ट कानुनी व्यवस्था अपरिहार्य रहेको बताए ।