काठमाडौंका यी क्षेत्रमा तीन दिन बिजुली कटौती हुँदै

१३ घण्टा अगाडि
काठमाडौंका यी क्षेत्रमा तीन दिन बिजुली कटौती हुँदै

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा तीन दिनसम्म दैनिक साढे तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण का अनुसार स्यूचाटार सबस्टेशनदेखि मातातीर्थ सबस्टेशनसम्मको १३२ केभी प्रसारण लाइनको पुरानो तार प्रतिस्थापन गर्न विद्युत् सेवा अवरुद्ध गर्न लागिएको हो।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतका थानकोट र सतुंगल फिडरबाट आपूर्ति हुने क्षेत्रमा बिहान ९ः३० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ।

थानकोट फिडरअन्तर्गत चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालय आसपास, बालकुमारी मन्दिर, सशस्त्र प्रहरी बल कार्यालय, सिजी क्षेत्र, पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राइट फ्युचर, बाइछाप, यातायात कार्यालय क्षेत्र, दाउरा डिपो, हाईभिजन कोलोनी, पशुविकास तथा श्रृजना चोक आसपासका क्षेत्र प्रभावित हुनेछन्।

यस्तै सतुंगल फिडरअन्तर्गत धौलागिरि गेट आसपास, सिंचाफाँट र शिवमन्दिर आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित समय परिवर्तन हुन सक्ने जनाएको छ।