काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार उत्साहजनक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.१२ अङ्कले बढेर दुई हजार ६७२.५५ बिन्दुमा पुगेको छ । यो १ दशमलव १७ प्रतिशतको वृद्धि हो ।
आज ३३८ कम्पनीका एक करोड ६६ लाखभन्दा बढी कित्ता सेयर ९५ हजारभन्दा बढी पटक किनबेच हुँदा कुल कारोबार रकम आठ अर्ब ४० करोड रुपैयाँ नाघेको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै वित्त समूहको उपसूचक ५ दशमलव ७३ प्रतिशतले उकालो लागेको छ ।