समानुपातिकतर्फको बन्दसूची सार्वजनिक (सूचीसहित)

२ महिना अगाडि
समानुपातिकतर्फको बन्दसूची सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।  ६३ राजनीतिक दलले ५७ निर्वाचन चिन्हमा उम्मेदवारको बन्द सूची पेश गरेका थिए । बन्दसूचीमा रहेका ३ हजार २ सय १३ जनाको नाम सार्वजनिक गरिएको छ ।

दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएका थिए । निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।

निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दावी विरोध गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् ।