कमला नदीको डाइभर्सन भासिँदा सिरहा–धनुषा आवतजावत प्रभावित

२ दिन अगाडि
कमला नदीको डाइभर्सन भासिँदा सिरहा–धनुषा आवतजावत प्रभावित

सिरहा । सिरहा र धनुषा जोड्ने कमला नदीको अस्थायी डाइभर्सन भासिएपछि दुई जिल्लाबीचको आवतजावत प्रभावित भएको छ।

करिब एक करोड २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको संरचना सामान्य वर्षापछि नै क्षतिग्रस्त बनेको हो।

हाल चारपाङ्ग्रे सवारी साधन पूर्ण रूपमा बन्द भएका छन् भने स्थानीयहरू जोखिम मोलेर डुङ्गाबाट यात्रा गर्न बाध्य भएका छन्।

जिल्ला प्रशासन कार्यालयले वैकल्पिक र सुरक्षित मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।