राप्रपाले माग्यो संसदीय छानबिन समिति

२ दिन अगाडि
राप्रपाले माग्यो संसदीय छानबिन समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बजेट सूचना चुहावट र विद्युतीय सवारीसाधनको कर हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा भ्रष्टाचार ढाकछोप गरेको आरोप लगाए।

उनले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमाथि समेत आपत्ति जनाउँदै संसदमा तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।