गगन थापाद्वारा रास्वपालाई शुभकामना, ‘परिपक्व र दूरदर्शी बन्ने अवसर’

३ घण्टा अगाडि
गगन थापाद्वारा रास्वपालाई शुभकामना, ‘परिपक्व र दूरदर्शी बन्ने अवसर’

नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले रास्वपाले छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति स्थापित गरेको बताएका छन्।

थापाले महाधिवेशनलाई विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी बन्ने अवसरका रूपमा व्याख्या गरेका छन्।

उनले संगठन निर्माण, निर्वाचनमा प्राप्त सफलता र वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुन सफल भएको यात्राको प्रशंसा गर्दै आगामी दिनमा पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।