रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन पुगे

४ घण्टा अगाडि
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन पुगे

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह चितवन पुगेका छन्।

उनी पत्नी सविना काफ्लेसहित बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल पुगेका हुन्। विमानस्थलबाट उनी कालिका नगरपालिका–स्थित शक्तिखोरको लटौली रिसोर्ट पुगेका छन्।

सुरक्षा स्रोतका अनुसार महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुनुअघि उनले केही समय विश्राम गर्ने कार्यक्रम छ। रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सञ्चालन भइरहेको छ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।