सहकारीसहित चार अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत, प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो

एक दिन अगाडि
सहकारीसहित चार अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत, प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो

काठमाडौं । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ सर्वसम्मतिले स्वीकृत गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पेश गरेको प्रस्ताव बैठकले अनुमोदन गरेको हो।

यसअघि विपक्षी दलले प्रस्तुत गरेको अस्वीकृतिको प्रस्ताव भने बहुमतले अस्वीकार गरेको थियो। त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश र सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश पनि पारित भएका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश गरेको प्रस्ताव स्वीकृत भएसँगै सरकारले अब प्रतिस्थापन विधेयक ल्याएर कानुनी प्रक्रिया अघि बढाउन सक्ने भएको छ।