रास्वपा महाधिवेशन

रास्वपाको केन्द्रीय सदस्यमा दीपक बोहराको उम्मेदवारी घोषणा

३ घण्टा अगाडि
रास्वपाको केन्द्रीय सदस्यमा दीपक बोहराको उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

रास्वपाका संस्थापक सदस्यसमेत रहेका बोहराले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै उनले संघर्षका दिनमा सँगै रहेका कार्यकर्ताको आवाज पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘यदि तपाईंलाई लाग्छ कि संघर्षका कठिन दिनहरूमा तपाईंहरूसँगै उभिएको एउटा साथी केन्द्रीय समितिमा पुग्नुपर्छ, यदि तपाईंलाई लाग्छ कि पार्टीलाई अझ जनमुखी, अझ उत्तरदायी बनाउन मेरो भूमिका उपयोगी हुन सक्छ भने मलाई आफ्नो अमूल्य मत दिनुहोस्।’

उनले आफ्नो पक्षमा पर्ने मत केवल व्यक्तिगत जितका लागि नभई संघर्षको सम्मान गर्ने र कार्यकर्ताको आवाजलाई पार्टी नेतृत्वसम्म पुर्‍याउने संकल्पका लागि हुने उल्लेख गरेका छन्।

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेका बेला नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। दीपक बोहराको उम्मेदवारी घोषणासँगै पार्टीभित्र केन्द्रीय सदस्य पदको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।