सोनाम ल्होसार उल्लासपूर्वक मनाइयो, २८६२ औँ वर्ष प्रवेश

२ महिना अगाडि
सोनाम ल्होसार उल्लासपूर्वक मनाइयो, २८६२ औँ वर्ष प्रवेश

काठमाडौं । तामाङ समुदायले आफ्नो नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसार पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ। यस वर्ष सर्प वर्ष पूरा गरी घोडा वर्षमा प्रवेश गरिएको हो।

सोनाम ल्होसार तामाङ, ह्योल्मो लगायत समुदायको प्रमुख सांस्कृतिक पर्व हो। काठमाडौँको टुँडिखेल, बौद्धनाथ र स्वयम्भूमा विशेष कार्यक्रम आयोजना गरिएका छन्। नेपाल तामाङ घेदुङको आयोजनामा टुँडिखेलमा तीनदिने सांस्कृतिक महोत्सवसमेत सुरु भएको छ।