उम्मेदवारी दर्तामा तडकभडक नगर्न निर्वाचन आयोगको चेतावनी

२ महिना अगाडि
उम्मेदवारी दर्तामा तडकभडक नगर्न निर्वाचन आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा, जुलुस र तडकभडक नगर्न कडा चेतावनी दिएको छ।

प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सञ्चारकर्मीसँग कुराकानी गर्दै कानून र आचारसंहिताले यस्ता गतिविधि पूर्ण रूपमा निषेध गरेको स्मरण गराए।

उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार तथा दलविरुद्ध कठोर कारबाही गरिने चेतावनी दिए। “निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित हुनुपर्छ,” उनले भने।