पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रसाईं पोखरामा आयोजित कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धानका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेसको आन्तरिक विवादका विषयमा प्रसाईंले निर्वाचन आयोगले घुस लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। उक्त अभिव्यक्तिपछि निर्वाचन आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।
प्रसाईंको अभिव्यक्तिले राजनीतिक वृत्तमा ठूलो विवाद उत्पन्न भएको थियो।