बालेन शाहले भने – ‘काठमाडौं अधिकार माग्ने होइन, घुम्न जाने शहर बनाऔँ’

२ महिना अगाडि
बालेन शाहले भने – ‘काठमाडौं अधिकार माग्ने होइन, घुम्न जाने शहर बनाऔँ’

जनकपुरधाम । काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले काठमाडौंलाई अधिकार माग्न धाउने केन्द्र नभई घुम्न जाने आधुनिक शहरका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

मधेस प्रदेशको जनकपुरधाममा आयोजित रास्वपाको विशाल जनसभालाई सम्बोधन गर्दै शाहले मधेसका अधिकार, समाजवादको व्यवहारिक अर्थ र आगामी निर्वाचनमा रास्वपालाई मतदान गर्न आग्रह गरे।

मेयर पदबाट राजीनामा दिएपछि पहिलोपटक सार्वजनिक सभामा बोलेका साहले आफू काठमाडौं महानगरमा रहँदा गरेका कामलाई समाजवादको उदाहरणका रूपमा प्रस्तुत गरे। “मैले नीति होइन, काम गरेर देखाएँ,” उनले भने।

सम्पूर्ण भाषण मैथिली भाषामा गरेका साहले अन्त्यमा ‘एक मधेसी छोरा प्रधानमन्त्री बन्ने समय आएको’ उल्लेख गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमा मतदान गर्न आह्वान गरे। उनले १० लाख पर्यटक आए जनकपुरले एक्लैले धान्न सक्ने दाबीसमेत गरे।