कांग्रेसले हिमाली जिल्लासहित केही क्षेत्रका उम्मेदवार टुंग्यायो

२ महिना अगाडि
कांग्रेसले हिमाली जिल्लासहित केही क्षेत्रका उम्मेदवार टुंग्यायो

काठमाडौं । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले देशका केहि महत्वपूर्ण निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको घोषणा गरेको छ। पार्टीले अहिलेसम्म सबै १६५ क्षेत्रमा उम्मेदवार तय गर्न सकेको छैन । तर ३४ वटा क्षेत्रमा मुख्य नामहरु सार्वजनिक गरिसकेको छ। स्रोतका अनुसार नाम तय भएका क्षेत्रमा हिमाली, पहाडी र मधेस लगायतका भौगोलिक विविध निर्वाचन क्षेत्रहरू रहेको बताइएको छ।

प्रत्यक्षतर्फ टुंगो भएका उम्मेदवार :

कोशी प्रदेश 
धनकुटा- दीनेश राई
पाँचथर- नरेन्द्र केरुङ
ताप्लेजुङ- गजेन्द्र तुम्याहाङ
तेह्रथुम- सन्तोष सुब्बा
इलाम १ - निष्कल राई
इलाम  २- भेषराज आचार्य 
उदयपुर १ - विदुर बस्नेत
उदयपुर २ - रामकुमार राई
मोरङ ३ - सुनील शर्मा
खोटाङ - वीरकाजी राई 
ओखलढुंगा- रामहरि खतिवडा
सोलुखुम्बु- प्रकाश कार्की

गण्डकी प्रदेश
गोरखा १- प्रेम खत्री
गोरखा २- प्रकाश दवाडी
मनाङ- टेकबहादुर गुरुङ
मुस्ताङ - योगेन्द्र गौचन
बाग्लुङ २- टेकराज पौडेल
म्याग्दी- केबी भण्डारी

लुम्बिनी प्रदेश
रोल्पा-  सुदनकुमार ओली
दाङ १ - योगेन्द्र चौधरी
रुकुमपूर्व - कुसुमथापा मगर
प्यूठान- गोविन्दराज पोखरेल

कर्णाली प्रदेश
दैलेख १- दिक्पाल शाही
दैलेख २- बासना थापा
कालिकोट- हर्षबहादुर बम
डोल्पा - कर्णबहादुर शाही
जुम्ला- दीपबहादुर शाही
हुम्ला- जयपति रोकाय
मुगु- ऐनबहादुर शाही
सल्यान- केशव विष्ट

सुदूरपश्चिम प्रदेश
अछाम १- भरत स्वाँर
अछाम २- पुष्प शाह
बाजुरा- जनक गिरी
बैतडी- चतुरबहादुर चन्द