काठमाडौं । देश चुनावमय हुँदै जाँदा शेयर बजार परिसूचक (नेप्से) मा पनि उत्साहजनक उछाल आएको छ। नेप्से आज ४२.२६ अंकले बढेर २,७१४.८१ विन्दुमा पुगेको छ, जुन लगभग पाँच महिनयता उच्च स्तर हो ।
सबै समूहका शेयरमा वृद्धि देखिएकोमा होटल समूहको शेयर सबैभन्दा धेरै ३.३६ प्रतिशतले उकालो लागेको र गुर्खाज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बृद्धि भएको छ। विश्लेषकहरूले यस उछाललाई चुनावी निश्चितता र राजनीतिक स्थायित्वको अपेक्षासँग जोडिरहेका छन्।