ज्ञानेन्द्रको चर्चा

माओवादी पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्रको चर्चा

९ महिना अगाडि
माओवादी पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्रको चर्चा

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको अभिव्यक्तिबारे छलफल भएको छ । हिजो (सोमबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पार्टी पदाधिकारी बैठक बसेको थियो । सो बैठकमा पार्टीले पूर्वराजाको अभिव्यक्तिबारे सामान्य ढंगले छलफल गरेको माओवादी सचिव लिलामणि पोखरेलले बताए । तर, एजेण्डा नै बनाएर भने पूर्वराजाको अभिव्यक्तिमा छलफल नभएको उनको भनाइ छ ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यको बारेमा छलफल हुनु सामान्य कुरा हो । घटना परिस्थिति कहाँ के भइरहेको छ ? कसले के गरिराखेको छ भन्ने कुरा सामान्य ढंगबाट हुने कुरा हुन् ।