ज्ञानेन्द्रको चर्चा

माओवादी पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्रको चर्चा

एक बर्ष अगाडि
माओवादी पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्रको चर्चा

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको अभिव्यक्तिबारे छलफल भएको छ । हिजो (सोमबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पार्टी पदाधिकारी बैठक बसेको थियो । सो बैठकमा पार्टीले पूर्वराजाको अभिव्यक्तिबारे सामान्य ढंगले छलफल गरेको माओवादी सचिव लिलामणि पोखरेलले बताए । तर, एजेण्डा नै बनाएर भने पूर्वराजाको अभिव्यक्तिमा छलफल नभएको उनको भनाइ छ ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यको बारेमा छलफल हुनु सामान्य कुरा हो । घटना परिस्थिति कहाँ के भइरहेको छ ? कसले के गरिराखेको छ भन्ने कुरा सामान्य ढंगबाट हुने कुरा हुन् ।