काठमाडौँ ।नेपालले आईसीसी यू–१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो खेलमा युएईलाई ५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। तल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा वर्षाले प्रभावित खेल डिएलएस मेथडमार्फत नेपालले जित दर्ता गरेको हो। नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याइरहेको युएईले ३६ ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको अवस्थामा हल्का वर्षा सुरु भयो।
पार स्कोर १७६ रन हुनुपर्नेमा युएई ५ रनले पछि परेको कारण नेपाललाई विजयी घोषित भएको हो ।
युएईका लागि किरण राईले १०४ रनको सानदार इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ९६ बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए।
रायन खानले ३५ रन बनाए भने अन्य ब्याटर खासै चल्न सकेनन्। नेपालका तर्फबाट अशोक धामी र सन्तोष यादवले समान २२ विकेट, जबकि अभिषेक तिवारी र कप्तान नरेन भट्टले १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाउँदै २०० रन बनायो। नेपालका लागि कप्तान नरेन भट्टले ७५ बलमा ६७ रन बनाए। शाहिल पटेलले ३२, दिलसाद अलीले ३४ रन, निरज यादवले १८ रन बनाए। युएईका उदिस सुरीले ३ विकेट लिँदा युग शर्मा र शलोमले २-२ विकेट लिए।
ऐतिहासिक मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल १७ वर्ष लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको तल्लो मुलपानी मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल सम्पन्न भएको हो। एसिया छनोटका सबै खेल यही मैदानमा सञ्चालन हुँने छन्। यो छनोटको विजेता टोलीले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ।