शुक्रबारदेखि वर्षा र हिमपातको सम्भावना

२ महिना अगाडि
शुक्रबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान महाशाखाले माघ ९ गतेदेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार शुक्रबार रातिदेखि शनिबार बेलुकासम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

त्यसैगरी कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । वर्षासँगै उच्च हिमाली क्षेत्रमा मध्यम खालको हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसम शनिबार बेलुकासम्म सामान्य बन्ने अनुमान गरिएको छ ।