काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ९.२३ अंकले बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ७१४ दशमलव ६१ बिन्दुमा पुगेको छ ।
बिहीबारको कारोबारमा १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । दश कम्पनीको मूल्य भने स्थिर रह्यो । यस दिन एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिका पावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ६ दशमलव २५ प्रतिशतले घटेको छ ।