महिला टी–२० विश्वकप छनोटमा नेपाल २ रनले पराजित

२ महिना अगाडि
महिला टी–२० विश्वकप छनोटमा नेपाल २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३७ रन बनाइन् भने सीता राना मगरले अविजित २७ रनको योगदान दिइन् । नेदरल्यान्ड्सकी इसाबेल भान डेर वोनिङले ३ विकेट लिइन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । बाबेट डे लीडेले सर्वाधिक ४९ रन बनाइन् । प्रतियोगिताबाट शीर्ष चार टोलीले आगामी वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।