काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजा–आराधना गर्दै देशभर श्रीपञ्चमी पर्व श्रद्धापूर्वक मनाइएको छ। ज्ञान, कला र संगीतको आराधना गर्ने यस दिन विद्यार्थीहरूले पुस्तक, कलम र वाद्ययन्त्रको पूजा गर्ने परम्परा छ।
हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन्। विद्यालय, कलेज र मठमन्दिरमा विशेष पूजा र कार्यक्रम आयोजना गरिएको थियो।