काठमाडौं । नेकपा एमाले ओखलढुंगाको जिल्ला नेतृत्वले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेको छ। जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्काको नेतृत्वमा ३८ जना नेता–कार्यकर्ताले राजीनामा दिएका हुन्।
उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व शैली स्वेच्छाचारी भएको आरोप लगाउँदै पार्टीभित्र बसेर राजनीति गर्न नसकिने अवस्था आएको बताएका छन्। राजीनामा दिएका नेताहरू शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। यस घटनाले एमालेको स्थानीय संगठन र चुनावी अभियानमा असर पर्ने देखिएको छ।