विदेशी लगानीको सीमा हटाउने सरकारको निर्णय

२ महिना अगाडि
विदेशी लगानीको सीमा हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले निश्चित उद्योग तथा व्यवसाय क्षेत्रमा स्वचालित प्रणालीमार्फत हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउने निर्णय गरेको छ। माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

सरकारका अनुसार यस निर्णयले विदेशी लगानीकर्तालाई सहज वातावरण प्रदान गर्ने र औद्योगिक उत्पादन तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै मन्त्रिपरिषद् बैठकले बुटवल–पोखरा सडक खण्ड सुधारका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।