गोरखा–२ बाट बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता

२ महिना अगाडि
गोरखा–२ बाट बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता

गोरखा । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका बाबुराम भट्टराईले अन्ततः आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका भट्टराईले देशको राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको भन्दै आफू चुनावी प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय लिएको बताएका छन्।

उनले युवालाई नेतृत्वमा आउन अवसर दिनुपर्ने आवश्यकता देखेर यस्तो निर्णय गरेको उल्लेख गरेका छन्। भट्टराईको उम्मेदवारी फिर्ता लिनुअघि विभिन्न दलका शीर्ष नेताहरूले उनलाई सम्पर्क गरेको जानकारी नेतृ मानुसी भट्टराईले दिएकी छन्। यस निर्णयलाई राजनीतिक सहमति र रणनीतिक समायोजनका रूपमा हेरिएको छ।

गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ भने अन्य दलहरूले पनि प्रभावशाली उम्मेदवार मैदानमा उतारेका छन्। भट्टराईको कदमले सो क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ।