काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी बदलिएर निर्वाचनमा गएको दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसलाई अझ समावेशी, पारदर्शी र जनउत्तरदायी बनाउने लक्ष्यका साथ अघि बढाइएको बताएका छन्।
उनले यसपटकको उम्मेदवार छनोट प्रक्रियामा केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा संस्थागत सुधार गरिने बताए। कांग्रेसले संसदीय निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गर्ने निर्णय गरेको र सोही निर्णयअनुसार आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको जानकारी पनि उनले दिए।
थापाको अभिव्यक्तिलाई कांग्रेसभित्र नयाँ नेतृत्वको आत्मविश्वास र आगामी चुनावी रणनीतिको स्पष्ट सन्देशका रूपमा हेरिएको छ।