काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेर आज प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको थियो। मंगलबार भने सुनको मूल्य सोही दरमा स्थिर रहेको थियो।
गएको शुक्रबार सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको थियो। त्यसपछि आइतबार र सोमबार लगातार बढ्दा दुई दिनमा सुनको मूल्य ५ हजार २ सय रुपैयाँले बढेको थियो।
बुधबारको गिरावटसँगै पछिल्ला दिनमा सुनको मूल्यमा उतारचढाव देखिएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ सय ६० रुपैयाँले घटेर ४ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन पनि चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।