काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीबाट प्रभावित नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्।
अमेरिकी समाचार संस्था एनबीसी न्युजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित एक समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
ट्रम्पले भोटेकोशी बाढीबाट नेपालमा भएको क्षतिबारे नेपाली अधिकारीहरूसँग जानकारी लिएको बताएका छन्। त्यसपछि आफूले नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको जानकारी गराएको उनले बताए।
“नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,” ट्रम्पलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ।
नेपालमा विपद्का कारण उत्पन्न अवस्थाबारे जानकारी पाएपछि अमेरिकाले आवश्यक सहयोगका लागि आफ्नो तत्परता देखाएको हो।