रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४७५ पुग्यो

२ हप्ता अगाडि
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४७५ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट ४७५ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ। यस्तै गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा ११० जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

बाढीपछि अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोज तथा उद्धार कार्य जारी छ। खोजी तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायबाट ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारसँगै नदी किनार र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ।