काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरूसँग रणनीतिक छलफल गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्रको भ्रमण सकेर काठमाडौं फर्किएका शाहले आइतबार उपत्यकाभित्रका पार्टी उम्मेदवारहरूसँग चुनावी अभियान, जनसम्पर्क र रणनीतिबारे छलफल गरेका हुन्।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवारहरूले चुनावी रणनीतिबारे ब्रिफिङ लिइएको बताएका छन्।
शाहले उम्मेदवारहरूलाई स्पष्ट बहुमतको सरकार बनाउने लक्ष्यसहित जनताको समस्या बुझ्ने र समाधानमुखी अभियानमा केन्द्रित हुन आग्रह गरेको जनाइएको छ।