मौसम पूर्वानुमान

पश्चिमका केही जिल्लामा भारी वर्षा, बाढीको जोखिम

२ हप्ता अगाडि
पश्चिमका केही जिल्लामा भारी वर्षा, बाढीको जोखिम

काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार बिहानदेखि वर्षा भइरहेको छ। केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार शनिबार बिहान ९ः२५ बजेसम्म पछिल्लो एकदेखि तीन घण्टामा पर्वत, पाल्पा, गुल्मी, कपिलवस्तु, रुपन्देही तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ।

वर्षा अझै जारी रहन सक्ने सम्भावना रहेकाले ती जिल्लाका नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ।

विशेषगरी बढीगाड, बनारावालगायत उक्त क्षेत्र हुँदै बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने तथा बाढीको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले नदी तथा खोला आसपासका बासिन्दालाई अनावश्यक रूपमा जोखिमपूर्ण क्षेत्रमा नजान र सम्भावित बाढीप्रति सचेत रहन आग्रह गरेको छ।