काठमाडौं । मुलुकमा चुनावी चहलपहल बढ्दै जाँदा सेयर बजारमा भने उत्साह देखिएको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दै ६ महिनायताकै उच्च कारोबार भएको छ।
आइतबार नेप्से ५७.५५ अंकले बढेर २,७७२.१७ विन्दुमा पुगेको छ।सो दिन कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन चालु आर्थिक वर्षको साउनयताकै दोस्रो ठूलो कारोबार हो।
विश्लेषकहरूका अनुसार राजनीतिक स्थिरताको अपेक्षा, बैंकिङ ब्याजदर घट्ने संकेत र लगानीकर्ताको आत्मविश्वास बढ्नु बजार उकालो लाग्नुका मुख्य कारण हुन्।